जलनको शरीर भन्दा देशको स्वास्थ्यले पिरोलिएकी चित्रकार
baahrakhari.com · Wed Sep 09 14:51:06 GMT 2026

काठमाडौं । अध्यापन र सक्रिय जीवनशैली बाँचिरेहकी रवि लक्ष्मी चित्रकारले जेनजी आन्दोलनका क्रममा अप्रत्याशित घटना व्योहर्नुपर्यो । डल्लुस्थित उनको निवासमा प्रदर्शनकारीहरूले गत वर्ष आगो लगाइदिए । श्रीमान् झलनाथ खनालको नियमित सेवन गर्नुपर्ने औषधी लिएर घरबाट निस्कन खोज्दा उनको शरीर जल्न पुग्यो ।
आगोको लप्काले जलेपछि उनले लामो समय उपचारमा बिताइन् । आन्दोलनअघि तन्दुरुस्त उनको अहिले दाहिने हात मात्रै छ । त्यही दाहिने हातको सहारमा दैनिकी चलाउन सक्ने भएकी छिन् चित्रकार । डल्लुस्थित निवासमा बाह्रखरीकर्मी पुग्दा उनी भुइँतलामा झर्दै थिइन् । भदौ २४ लाई स्मरण गर्दै उनले दुर्भाग्यपूर्ण दिन रहेको बताइन् । आफ्नो सक्रिय जीवनलाई उक्त दिनले पूर्णतया निष्क्रिय बनाइदिएको उनले सुनाइन् ''मेरो एक वर्ष पूरै निष्क्रिय भयो । अरूको सहयोग लिनुपर्यो । सक्रिय जीवन रुचाउने मान्छे । अरूको सहारा बाच्नुपर्ने भयो । म केही गर्न सक्दिनँ,'' उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)