पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, पाँच चालक दलका सदस्यको खोजी जारी
kendrabindu.com · Thu Jul 09 01:33:20 GMT 2026

कराँची । पाकिस्तानको कराची बन्दरगाह नजिकै अरब सागरमा बेपत्ता भएको कार्गो विमानको भग्नावशेष फेला परेको छ। विमानमा सवार पाँच चालक दलका सदस्यको खोजी भने जारी रहेको अधिकारीले जनाएका छन्।
निजी विमान सेवा कम्पनी के–टु एयरवेजद्वारा सञ्चालित उक्त विमान संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहबाट उडेको थियो। मङ्गलबार राति हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क विच्छेद हुनुअघि विमानले नेभिगेसन प्रणालीमा समस्या देखिएको जानकारी दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)