आन्दोलनपछि इनरुवाका सरकारी कार्यालय : कति जलेकै भवनमा, कति भाडामा (तस्बिरहरू)
ratopati.com · Wed Sep 09 15:23:37 GMT 2026

सुनसरी। जेनजी आन्दोलनको एक वर्ष पूरा भइरहँदा सुनसरीको इनरुवा क्षेत्रका क्षतिग्रस्त संरचना पुरानै अवस्थामा फर्कन सकेका छैनन् । गत वर्ष भदौ २४ गते आन्दोलनका क्रममा सुनसरीका विभिन्न पालिकाका भवन, सवारीसाधन तथा कार्यालयका सामग्री तोडफोड तथा आगजनी भएको थियो । तत्कालीन प्रमुख राजनीतिक दलका कार्यालय र नेताका घरमा क्षति भएको थियो।
सुनसरीको इनरुवा नगरपालिकाका १० वटामध्ये २, ७, ८ र १० बाहेक सबै वडा कार्यालयमा तोडफोड र आगजनी भएको थियो । तोडफोड र आगजनीपछि नगरपालिका तथा केही वडा कार्यालयहरू टालटुल, मर्मत तथा रंगरोगन गरी कामचलाउ अवस्थामा चलेका छन् भने केही वडा कार्यालय अझै भग्नावशेष छन् । ती वडाले अन्यत्रै कोठा खोजेर काम गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)