काठमाडौँका ६ रुटमा थप २८ रात्रिबस सञ्चालन हुने
nepalnews.com · Wed Sep 09 15:57:43 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकामा आगामी असोज ३ गतेदेखि थप २८ वटा रात्रिबस सञ्चालनमा आउने भएका छन्। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले उपत्यकाका ६ वटा रुटमा रात्रिकालीन यातायात सेवा विस्तार गर्ने निर्णय गरेको हो।
नयाँ व्यवस्थाअनुसार गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, विमानस्थलदेखि चन्द्रागिरीको नागढुङ्गासम्म ४ वटा, कीर्तिपुरदेखि नयाँ सडकस्थित नेपाल वायु सेवा निगमसम्म ४ वटा र चक्रपथमा ८ वटा रात्रिबस चल्नेछन्। चक्रपथमा सेवा सुरु भएपछि यात्रुले बस परिवर्तन गरेर उपत्यकाका विभिन्न स्थानमा सहजै पुग्न सक्नेछन्। यस सेवाका लागि अधिकतम भाडा ८० रुपियाँ तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)