रसुवाको आकाशमा दिनमै 10 पटक मृत्यु चुनौती दिँदै उडिन् क्याप्टेन प्रिया ! 100 भन्दा बढी उडान, सयौँको ज्यान बचाउने साहसिक कथा
barnanmedia.com · Wed Sep 09 16:00:55 GMT 2026

भदौ १० गते आएको विनाशकारी बाढीले रसुवाको भोटेकोशी र त्रिशूली नदी आसपासका बस्ती, सडक, पुल तथा महत्वपूर्ण पूर्वाधार तहसनहस बनाउँदा उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको थियो। जमिनमार्फत पुग्ने अधिकांश बाटो अवरुद्ध भएपछि प्रभावित नागरिकका लागि हेलिकप्टर नै तत्काल उद्धारको प्रमुख माध्यम बन्न पुग्यो।
यही कठिन परिस्थितिमा हेलिकप्टर लिएर रसुवाको जोखिमपूर्ण आकाशमा निरन्तर उडिरहनेमध्ये एक थिइन् क्याप्टेन प्रिया अधिकारी। प्रतिकूल मौसम, बाक्लो कुहिरो, तीव्र हावा र कठिन हिमाली भूगोलबीच उनले जोखिम मोलेर बाढी तथा पहिरो प्रभावितको उद्धार अभियानमा महत्वपूर्ण भूमिका खेलेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)