कच्चा तेलको मूल्यमा ५% को उछाल
nepalnews.com · Thu Jul 09 02:56:04 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको संकेत दिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ। ट्रम्पको अभिव्यक्तिपछि ब्रेन्ट र डब्लूटीआई दुवै क्रुड तेलको मूल्य करिब ५ प्रतिशतले उकालो लागेको हो।
अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य ५.१० प्रतिशत अर्थात् ३.७८ अमेरिकी डलरले बढेर प्रतिब्यारेल ७७.९४ डलर पुगेको छ। त्यस्तै, डब्लूटीआई क्रुड पनि ४.९५ प्रतिशतले वृद्धि हुँदै प्रतिब्यारेल ७३.९३ डलरमा कारोबार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)