भोलिदेखि पश्चिम नेपालमा भारी वर्षाको चेतावनी
onlinekhabar.com · Thu Jul 09 02:50:50 GMT 2026

२५ असार, काठमाडौं । आज पनि नेपालका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान मोडेलहरूले भोलिदेखि आइतबारसम्म भने पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने संकेत गरेको छ ।
मौसमविद् विनोद पोखरेलका अनुसार दुईवटा मौसम पूर्वानुमान मोडेलले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना देखाएका छन् । तर वर्षाको क्षेत्र र मात्रा भने फरक–फरक हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ । कतिपय स्थानमा मोडेलले देखाएको भन्दा बढी र कतिपय स्थानमा कम वर्षा हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)