प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको सुनुवाई प्रक्रिया आजदेखि सुरु हुँदै
himalpress.com · Thu Jul 09 02:54:22 GMT 2026

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका उम्मेदवारको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुने भएको छ। आज बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउन लागिएको संसद सचिवालयले जनाएको छ।
बैठक आज बिहान ९ः३० बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने तय भएको छ। बैठकले प्रस्तावित उम्मेदवारको सुनुवाइ प्रक्रिया अगाडि बढाउने र आवश्यक कार्यतालिका तय गर्ने समितिकी उपसचिव सावित्रा शर्माले जानकारी दिइन्। १९ असारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई सिफारिस गरेको थियो। त्यस्तै, निर्वाचन आयुक्त पदका लागि राजीब सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)