नेपाल भलिबल लिगमा काठमाडौँको तेस्रो जित, कर्णालीको पहिलो हार
lokaantar.com
पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभिएल) मा काठमाडौँ रेड्सले तेस्रो जित दर्ता गरेको छ । तेस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले बुधबार बेलुका सम्पन्न खेलमा कर्णाली शिवराजलाई ३–१ सेटले स्तब्ध पार्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको उक्त खेलमा काठमाडौँ रेड्सले कर्णाली शिवराजलाई खुलेर खेल्न दिएन । लगातार दबाबमा राखेको काठमाडौँ रेड्सले पहिलो र दोस्रो सेट क्रमशः २८–२६ अङ्क तथा २५–१८ अङ्कले जित्यो । तेस्रो सेटमा भने कर्णाली शिवराज २५–२३ अङ्कले विजयी भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)