नेपाल भलिबल लिगमा काठमाडौंको तेस्रो जित, कर्णालीको पहिलो हार
nagariknews.nagariknetwork.com · Wed Sep 09 16:29:21 GMT 2026
पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभिएल) मा काठमाडौं रेड्सले तेस्रो जित दर्ता गरेको छ । तेस्रो जित दर्ता गर्ने क्रममा काठमाडौंले बुधबार बेलुका सम्पन्न खेलमा कर्णाली शिवराजलाई ३–१ सेटले स्तब्ध पार्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको उक्त खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई खुलेर खेल्न दिएन । लगातार दबाबमा राखेको काठमाडौँ रेड्सले पहिलो र दोस्रो सेट क्रमशः २८–२६ अङ्क तथा २५–१८ अङ्कले जित्यो । तेस्रो सेटमा भने कर्णाली शिवराज २५–२३ अङ्कले विजयी भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)