बुढापाकाले धानेको घुम्ती गोठ
barnanmedia.com · Sat Jun 27 00:08:45 GMT 2026

धवलागिरि गाउँपालिका–१ गुर्जाका ८० वर्षीय नरबहादुर छन्त्यालले ६५ वर्षसम्म घुम्ती गोठमा भैँसीपालन गर्नुभयो । स्वास्थ्यमा समस्या देखिएपछि नरबहादुरले १५ वर्षको किशोराअवस्थाको उमेरदेखि सुरु गरेको घुम्ती गोठमा भैँसीपालन गर्ने पेशालाई बिट मार्ने तयारी गर्नुभएको छ ।
“मेरो बाल्यकालमा गाईंभैँसीको गोठ नहुने घरै हुँदैनथे,” नरबहादुरले भन्नुभयो “अहिले भएका दुई÷चार वटा गोठ पनि हामी वृद्धहरुले छाडेपछि हराउने अवस्था छ ।” पहिले हरेकजसो घरको घुम्ती गोठ हुँदा बुकी क्षेत्रमा चहलपहल हुने भए पनि पछिल्लो समय भने बुकीमा गोठ लैजानेको सङ्ख्या घट्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)