बबईमा डुबेर बालकको मृत्यु
lokaantar.com

दाङस्थित बबई नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार दिउँसो करिब २ः४५ बजेतिर डुबेर दाङ दङ्गीशरण निवासी नरेश खड्काका नौ वर्षीय छोरा पुष्कर खड्काको मृत्यु भएको हो ।
दङ्गीशरण गाउँपालिका–४ बैबाङस्थित बबई नदीमा पौडी खेल्ने क्रममा दुई जना बालक डुबेका थिए । डुबेका बालकमध्ये पुष्करको मृत्यु भएको हो भने अर्का एक बालकाका भने सकुशल उद्दार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)