विश्वकपमा इजिप्टः हारमा पनि इतिहास बनाउँदाको गर्व
kendrabindu.com · Thu Jul 09 03:12:13 GMT 2026
कायरो । लियोनल मेसी नेतृत्वको अर्जेन्टिनाको हातबाट नाटकीय ढंगले ३–२ ले पराजित भएसँगै इजिप्ट टिम विश्वकपबाट बाहिरिइसकेको छ। तर कायरोमा रहेका समर्थक टिमको प्रदर्शनप्रति गर्व गर्छन्, किनभने यो नै इजिप्टको विश्वकपमा अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो।
कायरोको एक क्याफेमा अन्तिम १६ को खेल टेलिभिजनबाट हेरेका ३९ वर्षीय इस्माइल फवाज भन्छन्, ‘हामी दुःखी छौं, हाम्रो मुटु छियाछिया भएको छ तर जतिबेला टिमको प्रदर्शन फर्केर हेर्नेछौं, त्यसमा गर्व रहनेछ।’ उनी थप्छन्, ‘टिमले आफूले सक्दो नै गरेको हो। पक्कै पनि हामी पराजित रह्यौं, तर हामीले इतिहास पनि बनाएका छौं।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)