सौतेनी आमा हत्या गरेको आरोपमा छोरी पक्राउ
nayapatrikadaily.com · Mon Apr 29 02:46:00 UTC 2024

जुम्लाकाे पातारासी गाउँपालिका– ३ छुमगाउँकी ५६ वर्षीया सुवा महताराको हत्या गरेको आरोपमा छोरी नाता पर्ने २६ हाँसु ऐडीलाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख १५ गते साँझ छोरी नाता पर्ने ऐडीले सौतेनी आमा महतारालाई ढुंगा र धान कुट्ने मुसलले प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । घटना बैशाख १५ साँझ भएपनि ढिलो खबर भएपछि प्रहरीको टोली परिचालन गरेर बैशाख १६ गते विहान हत्या आरोपित ऐडीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदिलाल कामतीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)