सेयर कमिसन १० प्रतिशतले घट्ने
nayapatrikadaily.com · Mon Apr 29 02:50:00 UTC 2024

सेयर लगानीकर्ताको प्रत्येक कारोबारबाट धितोपत्र बोर्ड र ब्रोकरले लिने कमिसनदर १० प्रतिशतले घटाउन अर्थमन्त्री वर्षमान पुनले स्वीकृति दिएका छन् । धितोपत्र बोर्डको कमिसन घटाउने प्रस्तावलाई अर्थमन्त्री पुनले सदर गरेका हुन् । बोर्डको आगामी बैठकले ब्रोकर कमिसन घटाउने विषयमा निर्णय गर्ने उच्च सम्भावना छ ।
एक वर्षअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा ब्रोकर कमिसन घटाउने विषयमा अध्ययन भएको थियो । सो समितिले हाल कायम कमिसन दर बढी भएको भन्दै १० प्रतिशतका दरले घटाउन सुझाव दिएको थियो । ‘अध्ययन समितिको प्रस्तावअनुसार नै ब्रोकर कमिसन घटाउने गरी स्वीकृत भएको छ । त्यसलाई आउँदो बोर्ड बैठकबाट पास गरेपछि कार्यान्वयनमा लैजाने हो,’ बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)