अमेरिका–इरान तनाव थप चर्कियो, अमेरिकी आक्रमणपछि कुवेत र बहराइनमा इरानी मिसाइल प्रहार
nepalviews.com · Thu Jul 09 03:21:57 GMT 2026

एजेन्सी। अमेरिकाले हर्मुज जलडमरूमध्यमा जहाजहरूको सुरक्षित आवतजावत कायम राख्ने उद्देश्यले बुधबार इरानमाथि थप हवाई आक्रमण गरेको जनाएको छ। त्यसको प्रतिकारस्वरूप इरानले कुवेत र बहराइनमा मिसाइल तथा ड्रोन आक्रमण गरेको बताइएको छ। यसले युद्ध अन्त्यका प्रयाशहरू थप संकटमा परेको संकेत दिएको छ।
अमेरिकी सेनाका अनुसार मंगलबार हर्मुज जलडमरूमध्य पार गरिरहेका तीनवटा मालवाहक जहाजमाथि भएको आक्रमणको जवाफस्वरूप नयाँ सैन्य कारबाही गरिएको हो। यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको अन्तरिम युद्धविराम "अब समाप्त भएको" विश्वास व्यक्त गरेको केही घण्टापछि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)