मुस्किलमा फिफा अध्यक्ष, ट्रम्पलाई पुरस्कार दिएको र नियम मिचेको भन्दै आइओसीमा उजुरी !
neplays.com · Thu Jul 09 03:27:00 GMT 2026
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सार्वजनिक रूपमा समर्थन गरेको र 'राजनीतिक तटस्थता' को नियम उल्लङ्घन गरेको आरोपमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को छानबिनमा तानिने भएका छन् । मानव अधिकारवादी संस्था 'फेयरस्क्वायर'ले इन्फान्टिनोविरुद्ध आइओसी मा औपचारिक उजुरी दिने घोषणा गरेपछि खेल जगतमा नयाँ तरंग आएको छ । इन्फान्टिनो सन् २०२० देखि आइओसी को सदस्य रहँदै आएका छन् ।
विवादको मुख्य जड डिसेम्बर २०२५ मा वासिङ्टनमा आयोजित विश्वकप २०२६ को 'फाइनल ड्र' बाट सुरु भएको हो । त्यतिबेला इन्फान्टिनोले नयाँ स्थापना गरिएको 'फिफा शान्ति पुरस्कार' राष्ट्रपति ट्रम्पलाई प्रदान गरेका थिए । फेयरस्क्वायरले फिफाको नैतिक कमिटीमा पहिले नै उजुरी दिँदै इन्फान्टिनोले ट्रम्पका नीति र कार्यहरूलाई खुला समर्थन गरेर फिफा आचारसंहिताको धज्जी उडाएको आरोप लगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)