सिन्धुपाल्चोकसहित यी सात जिल्लामा बाढीको चेतावनी
corporatenepal.com · Thu Jul 09 03:23:57 GMT 2026

काठमाडौँ – बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न आठ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार पाल्पा, दाङ, कपिलवस्तु, रूपन्देही, सिन्धुपाल्चोक, दोलखा र भोजपुरलगायत आसपासका जिल्लाबाट बग्ने साना नदी तथा खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ।
निरन्तर वर्षाका कारण ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)