एमाले पुनर्गठन कार्यदलको बैठक आज, प्रदेशबाट आएका सुझावलाई अन्तिम रूप दिइने
canadanepal.com · Thu Jul 09 03:55:15 GMT 2026

काठमाडौँ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्न गठन गरिएको नेकपा (एमाले) को कार्यदलको बैठक आज बस्दै छ।
उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा रहेको कार्यदलको बैठक यसअघि असार २२ गतेका लागि तय गरिएको भए पनि स्थगित भएको थियो। आजको बैठकमा सातै प्रदेशबाट संकलन गरिएका सुझावलाई एकीकृत गर्दै प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)