दलाई लामासम्बन्धी गतिविधिले परराष्ट्र नीतिमा प्रश्न उठाएको नारायणकाजीको आरोप
onlinekhabar.com · Thu Jul 09 03:56:23 GMT 2026

२५ असार, काठमाडौं । नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा विचलन आउन सक्ने आशंका बलियो बनाएको बताएका छन् ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको भनिएको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा तथा उनले ‘कथित सरकार’ भनेको पक्षबाट बधाई सन्देश आएयता नेपालमा त्यसको अन्तर्यबारे गम्भीर आशंका व्यक्त हुँदै आएको दाबी गरेका छन् । उनले दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा गर्ने चर्चा पनि चलिरहेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)