महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका
nepalnews.com · Thu Jul 09 04:09:47 GMT 2026
नवलपुर (नवलपरासी)। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको महीलाई प्रवर्द्धन गर्दै आएको छ। पालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अन्य पेय पदार्थलाई निरुत्साहित गर्दै महीलाई प्रवर्द्धन गरिएको पालिकाले जनाएको छ ।
गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बजारमा पाइने पेय पदार्थलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनको रुपमा रहेको महीलाई प्रवद्र्धन गरिएको बताए। “हामीले पालिकाको हरेक कार्यक्रममा सहभागीलाई महीले स्वागत गर्दै आएका छौँ”, उनले भने, “सार्वजनिक कार्यक्रममा केमिकलयुक्त पेय पदार्थको साटो मही प्रयोग गर्दा स्थानीय किसानलाई समेत लाभ पुग्ने गरेको छ।” पालिकाले महीलाई प्रवद्र्धन गर्ने नीति लिएको भए पनि कार्यपालिका बैठकबाट भने निर्णय गर्न बाँकी रहेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)