कति कमाए ‘लालीबजार’, ‘रोल नं १’, ‘आई एम जितबहादुर’ र ‘जाँड’ले?
himalpress.com · Thu Jul 09 04:21:46 GMT 2026

काठमाडौँ- चलचित्र विकास बोर्डले ‘लालीबजार’, ‘रोल नं १’, ‘आई एम जितबहादुर’ र ‘जाँड’को बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक आइतबार रातिसम्मको बक्सअफिसमा रिपोर्मा ‘लालीबजार’ को ग्रस कमाइ ९ करोड ३२ लाख ९ हजार ९२५ रूपैयाँ नाघेको उल्लेख छ। यो अवधिमा फिल्मको टिकट ३ लाख १७ हजार १२ टिकट बिक्री भएको छ । फिल्मले केही दिन अघि ५१ दिन मनाएको थियो ।
फिल्म ‘रोल नं १’ को ग्रस कमाइ १ करोड ७४ लाख ८५ हजार ६५८ रूपैयाँ पुगेको छ । फिल्मको यो अवधिमा ६९ हजार १६६ टिकट बिक्री भएको छ। फिल्म ‘आई एम जीतबहादुर’ ले ३१ लाख ३६ हजार ११२ रूपैयाँ ग्रस कमाइ गरेको छ । फिल्मको ९ हजार ७४२ टिकट बिक्री भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)