सरकारकै अनुमतिमा दलाइ लामाको जन्मोत्सव मनाइएको भन्दै नारायणकाजीको आपत्ति
nepalpress.com · Thu Jul 09 04:38:51 GMT 2026

काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले अवलम्बन गरिरहेको परराष्ट्र नीतिप्रति गम्भीर आशंका व्यक्त गर्दै सरकारलाई चेतावनी दिएका छन् । नेपालले लामो समयदेखि अपनाउँदै आएको ‘स्वतन्त्र र असंलग्न परराष्ट्र नीति’बाट सरकार विचलित हुन खोजेको उनको आरोप छ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै श्रेष्ठले हालै नेपालमा तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव सरकारको औपचारिक अनुमतिमा मनाइनु र त्यसमा पश्चिमा कूटनीतिज्ञहरूको उपस्थिति हुनुलाई सामान्य घटना नभएको बताएका छन् । नेता श्रेष्ठले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र वर्तमान बालेन शाह नेतृत्वको स्थानीय सरकारदेखि नै दलाई लामा र उनको ‘कथित सरकार’का तर्फबाट आएका बधाई र सन्देशहरूलाई लिएर आशंका व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)