ताम्राकार हाउसमा शाओमी नेपालको नयाँ सर्भिस सेन्टर सञ्चालनमा
ictsamachar.com

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले काठमाडौंको न्युरोडमा रहेको ताम्राकार हाउसको छैटौँ तलामा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यो सर्भिस सेन्टर शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन÷हेडफोन), तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)