पक्राउ परेका नगर प्रहरीलाई बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश
annapurnapost.com · Thu Jul 09 04:56:16 GMT 2026

जनकपुरधाम : महोत्तरी जिल्ला अदालतले गौशाला नगरपालिकाका आठ जना पक्राउ परेका प्रहरीलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । मञ्जुरी बिना गौशाला नगरपालिकाले ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशाला व्यवस्थापन कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेलाई कुटपिट तथा दुव्र्यवहारको घटनामा पक्राउ परेका नगर प्रहरीलाई जिल्ला अदालत महोत्तरीले थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार सारु मगरका अनुसार निगौल गाई गौशालाको मञ्जुरी विनै जग्गामा ढल निकास गर्न खाजेपछि रोक्न गएका पाण्डेलाई हातपात गर्दै दुव्र्यवहारको भिडियो सार्वजनिक भएपछि गौशाला नगरपालिकाका आठ नगर प्रहरीलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न तथा हाजिरी जमानीमा थुनामुक्त गर्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)