कर्मचारीका लागि नयाँ आचारसंहिता जारी
nepalnews.com · Thu Jul 09 05:07:30 GMT 2026

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको आचरण, व्यवहार र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ लागू गरेका छन्। मन्त्रीस्तरीय निर्णयबाट असार १६ गते स्वीकृत उक्त आचारसंहिता असार २२ गतेदेखि मन्त्रालयअन्तर्गतका सबै महाशाखा तथा निकायमा कार्यान्वयनमा ल्याइएको हो।
नयाँ आचारसंहिताअनुसार कार्यालय समय वा फिल्डमा खटिएको अवस्थामा कार्यालय पोसाकमा खिचिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशन गर्न कर्मचारीलाई रोक लगाइएको छ। यद्यपि, शिक्षामूलक वा सूचनामूलक सामग्रीका हकमा भने यो व्यवस्था लागू हुने छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)