खाद्य गुणस्तर परीक्षणका लागि काठमाडौं महानगरको आफ्नै अत्याधुनिक प्रयोगशाला
annapurnapost.com · Thu Jul 09 05:02:36 GMT 2026

काठमाडौं : काठमाडौं महानगरपालिकाले खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला (फुड वायोलोजिकल टेस्टिङ ल्याब्रोटोरी) सञ्चालनमा ल्याएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं प्लाजाको पाँचौँ तलामा प्रयोगशालाको बुधबार शुभारम्भ गरेकी हुन्।
अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम स्थापित प्रयोगशाला कृषि तथा पशुपन्छी विभाग अन्तर्गत सञ्चालन हुनेछ। यहाँ इसेरिसिया कोलाइ (इकोलाई), साल्मोनेला एसपीपी, स्टाफिलोकोकस ओरियस, कुल प्लेट गणना (टोटल प्लेट काउन्ट), कुल मोल्ड गणना (टोटल मोल्ड काउन्ट), फिकल कोलिफर्म लगायत रोगजनक तथा सूक्ष्म जीवहरूको परीक्षण हुनेछ। प्रयोगशाला सञ्चालनका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय मापदण्ड र मान्यताका आधारमा एसओपी (ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर) तयार पारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)