मोदीद्वारा इन्डोनेसियाको ऐतिहासिक प्रम्वानन मन्दिर भ्रमण, जीर्णोद्धार परियोजनाको सुरुवात
ratopati.com · Thu Jul 09 05:11:37 GMT 2026

जकार्ता । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डोनेसियाको योग्यकर्तामा रहेको युनेस्को विश्व सम्पदा सूचीकृत प्रम्वानन मन्दिर परिसरको भ्रमण गरेका छन्। बुधबार भएको यस भ्रमणका क्रममा इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले विशेष सदाशयता देखाउँदै मोदीलाई साथ दिएका थिए।
भ्रमणका क्रममा दुवै नेताले मन्दिर परिसरमा भारतीय पुरातत्व सर्वेक्षण (एएसआई) को संरक्षण तथा जीर्णोद्धार परियोजनाको सुरुवात भएको घोषणा गर्दै एउटा नयाँ शिलापत्रको अनावरण गरे। सन् २०२५ मा राष्ट्रपति प्राबोवोले भारतको राजकीय भ्रमण गर्दा प्रम्वानन परिसरका मन्दिरहरूको जीर्णोद्धारका लागि भारतीय सहयोग खोज्ने विषयमा दुई नेताबीच सहमति बनेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)