ताम्राकार हाउसमा खुल्यो शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर
techpana.com · Thu Jul 09 05:14:36 GMT 2026

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले काठमाडौंको न्युरोडमा रहेको ताम्राकार हाउसको छैटौं तलामा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन) तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
सर्भिस सेन्टरले शाओमीका वास्तविक (जेन्युइन) स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्ने कम्पनीको दाबी छ । यो सर्भिस सेन्टरको सञ्चालन वत्सल ईम्पेक्स प्रा.लि.ले गर्नेछ । शारदा ग्रुपअन्तर्गतको यो कम्पनीले शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस प्रदान गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)