१२ वर्षदेखि अड्किएको फाइल विराजभक्तले क्याविनेटबाट पास गराए, झ्यापझ्याप बत्ती जान बन्द हुने
clickmandu.com · Thu Jul 09 05:23:32 GMT 2026

काठमाडौं । सरकारले १२ वर्षदेखि अड्किएको ढल्केबर-हेटौंडा चार सय केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाली नागरिकका लागि विद्युत लाइफलाइनको रुपमा रहेको ढल्केबर-हेटौंडा चार सय केभी प्रसारण लाइन निर्माणमा लामो समयदेखि देखा परेका अवरोध मन्त्रिपरिषद्बाट हटाएका हुन् ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त प्रसारण लाइन विस्तारमा बाधक बनेको वनको जग्गालाई प्रयोग गर्न दिने निर्णय गरेसँगै अब ठूलो क्षमताको प्रसारण लाइन बन्ने र झ्याप झ्याप बत्ती जाने समस्या अन्त्य हुने मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)