नावा खोलामा बाढी, तमोर कोरिडोर प्रभावित
onlinekhabar.com · Thu Jul 09 05:28:59 GMT 2026

२५ असार, धनकुटा । अविरल वर्षाका कारण धनकुटा-पाँचथर सीमास्थित नावा खोलामा आएको बाढीले तमोर कोरिडोर प्रभावित भएको छ । बिहीबार बिहानैदेखि सडक डुबानमा परेपछि सुनसरीको धरान हुँदै धनकुटा, पाँचथर र ताप्लेजुङ जोड्ने यस महत्वपूर्ण सडकखण्डमा सवारीसाधन सञ्चालन आंशिक रुपमा बन्द भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटाको चौविसे गाउँपालिका र पाँचथरको तुम्बेवा गाउँपालिकाको सिमानामा रहेको नावा खोलामा पानीको सतह एक्कासि बढेपछि खोलामाथिको सडक डुबानमा परेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले बाढीले सडक आंशिक अवरुद्ध भएको जानकारी दिए । उनले नावा खोलामा बर्सेनि समस्या हुने गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)