‘आ बाट आमा २’ को क्रोएसिया राइट्स बिक्री
nagariknews.nagariknetwork.com · Thu Jul 09 05:47:02 GMT 2026

आर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ को क्रोएसिया प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ। सिनेमा प्रदर्शन हुनु अगावै क्रोएसियाका लागि ‘नेप इन्टरटेन्मेन्ट’ र जाग्रेबस्थित ‘बुद्ध मार्ट’ ले यसको प्रदर्शन अधिकार खरिद गरेका हुन्।
चलचित्रका निर्माता तथा निर्देशक चन्द्र पन्त र क्रोएसियाका फिल्म वितरकबीच प्रदर्शन अधिकारका लागि औपचारिक कागजी सम्झौता भइसकेको छ। पछिल्लो समय क्रोएसियामा नेपालीहरूको चाप अत्यधिक बढ्दै गएका कारण त्यहाँका वितरकहरूले यो फिल्म खरिद गरेका हुन्। यसअघि नै यो चलचित्रको प्रदर्शन अधिकार अमेरिका, क्यानडा र जापान लगायतका देशहरूमा ‘सोल्ड आउट’ भइसकेको निर्माण पक्षले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)