अमेरिका–इरान तनाव चर्किंदै
barnanmedia.com · Wed Sep 09 19:15:00 GMT 2026

इरान र संयुक्त राज्य अमेरिकाबीच सैन्य तनाव थप चर्किएको छ । आफ्ना जहाजमाथि अमेरिकी आक्रमणको जवाफी कारबाहीस्वरूप इरानले बुधबार हर्मुज जलघाँटीमा अमेरिकी जहाज र तेल ट्याङ्करलाई लक्षित गर्नुका साथै जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । बढ्दो तनावले मध्यपूर्वको सुरक्षा र विश्वव्यापी तेल आपूर्तिमाथि जोखिम बढाएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले हर्मुजबाट पार गर्न खोजिरहेका दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर र १० ‘गैर–अनुपालन जहाज’ लाई लक्षित गरेको जनाएको छ । साथै कुवेत र बहराइनका बन्दरगाहमा रहेका तेल ट्याङ्करलाई समेत आक्रमण गर्ने चेतावनी दिँदै चालक दललाई जहाज छाड्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)