गोगोरो क्रसओभर जिएक्स–२५० स्कुटर सार्वजनिक
nayapatrikadaily.com · Mon Apr 29 05:37:00 UTC 2024

नेपालमा गोगोरो क्रसओभर जिएक्स–२५० स्मार्ट स्कुटर सार्वजनिक भएको छ । ब्याट्री स्वापिङ इकोसिस्टममा विश्वकै अग्रणी कम्पनी गोगोरो आइएनसी नस्दाक : जिजिआर र नेबुला इनर्जीले गोगोरो ब्याट्री स्वापिङ र गोगोरो क्रसओभर जिएक्स–२५० स्मार्ट स्कुटर सार्वजनिक गरेका हुन् ।
एक कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी यांग चेनले पहिलो गोगोरो ब्याट्री स्वापिङ सेवाको सुरुवात र अल्टिमेट दुईपांग्रे एसयुभी क्रसओभर स्मार्ट स्कुटर जिएक्स–२५० संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । कम्पनीले पहिलो ब्याट्री स्वापिङ स्टेसन काठमाडौंको लाजिम्पाटस्थित आनन्द भवनमा खोलेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)