चन्दननाथमा अग्नि निभाउने उपकरण जडान
barnanmedia.com · Thu Jul 09 06:07:08 GMT 2026

जुम्ला, २५ असारः जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर हाइड्रेन्ट) जडान गरिएको छ । आगलागीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाभित्रको वडा नं २ र ३ मा ती उपकरण जडान गरिएको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सुपर परियोजनाका जिल्ला संयोजक ईश्वरा सुवेदीले जानकारी दिनुभयो ।
विपद् जोखिम न्यूनीकरण गर्न सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवर्द्धन गर्नेका लागि र बस्तीमा आगो लागे तत्काल पानी उपलब्ध गराई आगो नियन्त्रण गर्न सहज बनाउने लक्ष्यसहित अग्नि निभाउने उपकरण गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)