घाँस झार्ने क्रममा रुखबाट लडेर मृत्यु
himalpress.com · Mon May 25 01:06:51 GMT 2026

झापा- झापामा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ। बुद्धशान्ति गाउँपालिका १ मझुवा बस्दै आएका ५५ वर्षीय मैतबहादुर लिम्बूको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
यही जेठ ७ गते लिम्बू कुटमिरोको रुखको घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा आइतबार साँझ बीएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)