लुम्बिनीमा १० महिनामा साढे चार हजार सवारी दुर्घटना, ५०४ जनाको मृत्यु
barnanmedia.com · Mon May 25 01:06:37 GMT 2026

अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, दुर्गाफाँट–कुरुले क्षेत्रमा गएको वैशाख २९ गते एउटा बस दुर्घटना भयो । सुपादेउराली दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाए ।
पर्वतबाट आएको ग १ ध ५०४ नम्बरको बस ओरालो सडकमा अनियन्त्रित भई सडकबाट तल खसेको थियो । घटनास्थलमै दुईजनाको र उपचारका क्रममा थप तीनजनाको मृत्यु भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस ब्रेक फेल वा नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । चालकको निधन भएकोले दुर्घटनाको कारण खुल्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)