सिजीले ल्यायो बिएलडिसी सिलिङ फ्यान
nayapatrikadaily.com · Mon Apr 29 05:55:00 UTC 2024

चौधरी ग्रुपअन्तर्गतको सिजी ब्रान्डले बिएलडिसी सिलिङ फ्यान पहिलोपटक बजारमा ल्याएको छ ।बिएलडिसी फ्यान प्रयोग गर्दा परम्परागत फ्यानभन्दा कम्तीमा ४३ प्रतिशत विद्युत् बचत हुने र पफर्मेन्समा कमी नआउने गरी कम आवाजमा निकाल्ने प्रविधि यसमा रहेको कम्पनीले दाबी गरेको छ ।
नेपालमा पहिलो ओईएम ब्रान्डको फ्यानमा बिएलडिसि टेक्नेलोजी रहेको बताइएको छ । साथै, रोबस्ट र रिलायबल बिएलडिसि मोटर भएकाले अरु फ्यानको तुलनामा धेरै टिकाउ हुने कम्पनीले जनाएको छ । बिजुली कहिले कम र कहिले बढी भोल्ट आउने अवस्थालाई ध्यानमा राखेर यो फ्यान ल्याइएको बताइएको छ । कम्पनीका अुनसार ११० देखि २८० बिचको कुनै पनि भोल्टमा फ्यान तीव्र गतिमा घुम्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)