नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
swasthyakhabar.com · Thu Jul 09 06:37:20 GMT 2026

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र नर्वेबीचको द्विपक्षीय सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।
भेटवार्तामा नर्वे सरकारको सहयोगमा नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा, स्वास्थ्य अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम लगायतका क्षेत्रमा सञ्चालित आयोजनाहरूको समीक्षा गरिएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)