लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
nepalnews.com · Thu Jul 09 07:05:35 GMT 2026
बरहथवा। सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास भएको छ।
रातिको समयमा लालबन्दी नगरपालिका–७ र ३ को सीमास्थित सडकमा अज्ञात समूहले गोली प्रहार गरी लुटपाटको प्रयास गरेको हो। लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्दै आउनुभएका लालबन्दी नगरपालिका–७, का हरिप्रसाद सापकोटालाई राति पसल बन्द गरेर घर जाने क्रममा मोटरसाइकल चढेर आएका तीन जनाले लुट्ने प्रयास गरेका प्रहरीले जनाएको छ। ‘‘लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्ने व्यक्तिलाई राति पन्छ्याएर एकान्त जस्तो ठाउँमा पुगेपछि बाटो घेरेर लुट्ने प्रयास भएको छ।’’
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)