७ वर्ष बित्दा पनि बाह्रबिसे र मजुवाका पहिरोपीडितले पाएनन् आवास
annapurnapost.com · Thu Jul 09 07:25:13 GMT 2026

धादिङ : धादिङको गजुरी गाउँपालिका–२ चामवास बाह्रबिसे र मजुवाका पहिरोपीडितले स्थायी घरको आशामा सात वर्षभन्दा बढी समय बिताइसकेका छन्। २०७६ साल साउन ५ गतेको अविरल वर्षापछि आएको पहिरोले थातथलो छाड्न बाध्य भएका ३४ परिवार अहिले पनि अस्थायी टहरा र पालमै जीवन बिताइरहेका छन्। राज्यले उनीहरूको पुरानो बस्ती बसोबासका लागि असुरक्षित रहेको निष्कर्ष निकालेपछि चेपाङटारीमा स्थानान्तरण गरेको थियो। तर सात वर्ष बितिसक्दा पनि स्थायी पुनर्स्थापनाको प्रक्रिया टुंगोमा पुग्न सकेको छैन।
यस अवधिमा सात वटा वर्षायाम र हिउँद बितिसक्दा पनि पीडितको जीवनमा स्थायित्व आउन सकेको छैन। लामो समयदेखि प्रयोग गरिएका टेन्ट र जस्तापाताका टहराहरू जीर्ण बनेका छन्। वर्षामा छाना चुहिने र हावाहुरी चल्दा टहरा उड्ने त्रास हुन्छ। रात परेपछि बालबालिका र ज्येष्ठ नागरिकको चिन्ता झन् बढ्ने गरेको छ। असुरक्षित बास, अनिश्चित भविष्य र राज्यको बेवास्ताले उनीहरूको दैनिकी कष्टकर बन्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)