बाल सुधार गृहको दयनीय अवस्था उजागर, क्षमता भन्दा बढी बालबालिका रहेको खुलासा
kalakarmi.com · Thu Jul 09 07:29:16 GMT 2026

काठमाडौं- संघीय संसदअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन–२०८३ पेस गरी छलफल गरिएको छ ।
साथै, विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको कार्यावधि थप गर्ने विषयमा पनि छलफल भएको छ । बैठकमा समिति सभापति समिक्षा बास्कोटाले मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनलाई थप वस्तुनिष्ठ, तथ्यपरक र व्यवहारिक बनाउन थप समय आवश्यक रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)