नीतिगत सुधारको पर्खाइमा टेलिकम, ठूलो लगानी जोखिममा
farakdhar.com · Thu Dec 12 17:17:50 GMT 2024

झण्डै तीन दशकअघि बनेको कानुनमा समयसापेक्ष संशोधन नहुँदा टेलिकम कम्पनीहरू मारमा परेका छन् । अत्यधिक नवीकरण शुल्क, सेवा प्रदायकबीचको व्यवहार, ओभर द टप (ओटिटी) प्लेटफर्महरूको बढ्दो प्रयोग र ओटिटी प्लेटफर्म लगायतलाई नियमन गर्न नसक्दाको मारमा टेलिकम सेवा प्रदायक कम्पनी परेको विज्ञहरूको बुझाई छ । यसबाट टेलिकम सेवा प्रदायकको आम्दानी घट्नुका साथै गुणस्तर सुधार, सेवा विस्तार र भावी योजनामा पनि असर परेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पछिल्लो पाँच वर्षमा टेलिकम सेवा प्रदायकको आम्दानी घट्दो क्रममा छ । तर सोही समयमा इन्टरनेट सेवा प्रदायकको आम्दानी भने बढ्दो देखिएको छ । टेलिकम सेवा प्रदायकहरुको आम्दानी आर्थिक वर्ष २०७५/७६ को तुलनामा आव २०७९/८० मा २० दशमलव ९२ प्रतिशतले आम्दानी घटेको छ । जबकी सोही अवधिमा इन्टरनेट सेवा प्रदायकहरुको आम्दानी भने झण्डै दोब्बर अर्थात् ९७ दशमलव ५० प्रतिशतले बढेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)