बाइडेनद्वारा १५ सय अपराधीलाई क्षमादान
baahrakhari.com · Thu Dec 12 17:28:13 GMT 2024

वासिङ्टन । कार्यकाल सकिन लागेका अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गरेका छन् । अन्य ३९ जनालाई अहिंसात्मक अपराधका लागि माफी दिएका छन् । यसलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा एकैदिनमा सबैभन्दा ठूलो क्षमादानको कार्य भनेको छ ।
“सफल पुनःस्थापना देखाउने ३९ जनालाई म क्षमा गर्दछु,” बाइडेनले विज्ञप्तिमा भने, “लामो जेल सजाय भोगिरहेका लगभग एक हजार पाँच सय व्यक्तिको सजाय पनि कम गर्दैछु ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)