ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत वितरण
nayapatrikadaily.com · Mon Apr 29 07:08:00 UTC 2024

महोत्तरीको मटिहानी नगरपालिका– ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारको राहत तथा सहयोगार्थ ज्योति विकास बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई पुग्ने डसना ओछ्यान र झुल प्रदान गरेको छ।
वैशाख १२ गते बुधबार आगोले क्षतिग्रस्त बनेको जरलहवा, गाछी बस्तीका पीडितहरुको राहतको लागि बैंकले उक्त सहयोग गरेको हो। राहत वितरण कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट जनकपुर शाखाका शाखा प्रबन्धक सुरज श्रीवास्तवले मटिहानी नगरपालिका– ६ का वडा अध्यक्ष कलिम अन्सारीको उपस्थितिमा उक्त राहत सामग्रीहरु पीडित परिवारहरूलाई हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)