अमेरिकाबाट आईजीपी कार्कीको सन्देश– विश्व शान्तिका लागि प्रहरी सहकार्य अपरिहार्य
shilapatra.com · Thu Jul 09 07:45:00 GMT 2026

अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानुनको शासन सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको अपरिहार्यतामा जोड दिएका छन् ।
उनले बदलिँदो विश्व सुरक्षा परिवेशसँगै साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतंकवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीहरू कुनै एक राष्ट्रको प्रयासबाट मात्र समाधान हुन नसक्ने उल्लेख गर्दै सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम तथा प्रविधिको प्रभावकारी उपयोगमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)