बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्रीको निर्देशन
barnanmedia.com · Wed Sep 09 21:25:00 GMT 2026

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोसी बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन (आरडीएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिएका छन्।
मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन (आरडीएनए) र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद्पश्चात् द्रुत क्षति अनुमान (ग्रेड) को छुट्टाछुट्टै प्रारम्भिक मूल्यांकनबारे छलफल गर्दै उनले आयोग र विश्व बैंकका नेपाल प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)