इराकमा खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी
nagariknews.nagariknetwork.com · Thu Jul 09 08:09:01 GMT 2026

इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिका लागि पार्थिव शरीर इराक पुर्याइएपछि पवित्र सहर नजाफ र कर्बलामा बुधबार हजारौँ व्यक्ति सहभागी भएका थिए। अन्त्येष्टि यात्रामा सहभागीहरूको भीड बढी भएपछि केही स्थानमा सुरक्षा व्यवस्थापनमा चुनौती देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
नजाफमा पार्थिव शरीर बोकेको शवयात्रा अघि बढ्दै गर्दा श्रद्धाञ्जलि दिन आएका समर्थकहरूले इराक र इरानका झण्डासहित विभिन्न ब्यानर प्रदर्शन गरेका थिए। केही सहभागीहरूले राजनीतिक नारा पनि लगाएका थिए। शवयात्रामा इरान समर्थित इराकी शिया समूहका समर्थकहरूको पनि उपस्थिति रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)