वैतेश्वरमा रस्टिक स्टोर भवन निर्माण सुरु
gorkhapatraonline.com · Mon May 25 03:08:49 GMT 2026

दोलखाको वैतेश्वर गाउँपालिका–८ एबोमा आलु बीउ भण्डारणका लागि रस्टिक स्टोर भवन निर्माण सुरु गरिएको छ । कीरा तथा पुतलीबाट जोगाएर सुरक्षित राख्न बागमती प्रदेशको १० लाख रुपियाँ लगानीमा भवन निर्माण सुरु गरिएको वडाध्यक्ष शान्त जिरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिनप्रतिदिन तापक्रम बढ्न थालेपछि आलुमा कीरा तथा पुतलीको समस्या देखिन थालेको छ । आलु उत्पादन त बिक्री भइहाल्ने तर बीउ सुरक्षित राख्न समस्या भएपछि रस्टिक भवन निर्माण आवश्यक देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)