विपद्को मौका छोपेर चोलेन्द्रलाई चोख्याए मनोजले
barnanmedia.com · Wed Sep 09 21:47:58 GMT 2026

मुलुक विपद्मा छ । बाढी, पहिरो, आर्थिक मन्दी, र राजनीतिक अनिश्चितताको बहुआयामिक संकटले देशलाई घेरेको छ । तर, न्यायपालिकाको सर्वोच्च कुर्सीमा बसेका व्यक्तिको प्राथमिकतामा भने अर्कै विषय छ- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई न्यायिक विचलन, भ्रष्टाचार र सेटिङजस्ता महाअभियोगबाट चोख्याउने । बुधबार संवैधानिक इजलासमा बसेर उनले सारा मुलुकको ध्यान अन्यत्रै मोडिएको राष्ट्रिय संकटको मौका छोपेर फत्ते गरेका छन् ।
बुधबार संवैधानिक इजलासले संसद सचिवालयले चोलेन्द्रलाई दिएको सफाइको पत्रविरुद्ध परेका सबै रिट खारेज गरिदियो । इजलासमा मनोजसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारङ्गा सुवेदी थिए । यस निर्णयले चोलेन्द्रलाई महाअभियोगबाट पूर्ण छुट्कारा मिल्यो र उनले पूर्वप्रधानन्यायाधीशको सम्पूर्ण सेवा–सुविधा पाउने बाटो खुल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)